ज्यामरुककोटको संरक्षण आवश्यक

skoda
  • Get News Alerts

united
tata

बेनी नगरपालिका–३ ज्यामरुककोटका बासिन्दा ऐतिहासिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवद्र्धनमा अग्रसर भएका छन्।

बाइसे चौबिसे राज्यअन्तर्गत मल्ल राजाहरुले राज्य सञ्चालन गरेको ज्यामरुककोटको संरक्षण र पूर्वाधार विकास गरी पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न उनीहरु अग्रसर भएका हुन्।

सामरिक महत्वका हातहतियार रहेको ऐतिहासिक कोतघरको संरक्षण, धार्मिक र पर्यटकीय विशेषताको बारेमा प्रचारप्रचार गरेर पर्यटक भित्र्याउन पहल थालिएको ज्यामरुककोट तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए।

समितिमार्फत ज्यामरुककोटको ऐतिहासिक महत्वको बारेमा खोज अनुसन्धान र पूर्वाधार निर्माणको योजनालाई प्राथमिकता दिइएको उनको भनाइ छ। समितिले भकुण्डे हुँदै कोतघर र कन्तरथानसम्मको पदमार्ग, खानेपानी सुविधा र कोतघरलाई घेराबार गर्न सम्बन्धित निकायमा पहल गरेको जनाएको छ।

समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ज्यामरुककोटको प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ। यस स्थानको ऐतिहासिक महत्वको बारेमा खोज अनुसन्धान र संरक्षणका लागि समेत सरकारी निकायबाट अपेक्षाकृत सहयोग नपाएको स्थानीय अगुवाको गुनासो छ।

विसं १६६२ अघिसम्म मल्ल राजाले राज्य सञ्जालन गर्ने स्थान बनाएको दाबी गरिएको ज्यामरुककोटमा ऐतिहासिक महत्वका धेरै पूर्वाधार नष्ट भएका छन्। यद्यपि कोतघरभित्र रहेका तोपको गोला, खुँडा, खुकुरी, तरबार, नगराजस्ता सामरिक महत्वका हातहतियार र भाँडावर्तन इतिहासको साक्षी बनेका छन्।

धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला, म्याग्दी, पर्वत, बागलुङका बस्तीको अवलोकन गर्न सकिने ज्यामरुककोट पर्यटकीय हिसाबले समेत महत्वपूर्ण छ। बडादसैं र चैतेदसैंको बेलामा विशेष पूजाआजा हुने ज्यामरुककोटमा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास समेत छ।

छ रोपनी क्षेत्रफलमा फैलिएको ज्यामरुककोट पुग्ने व्यवस्थित पदमार्ग र यसको महत्वका बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीय बासिन्दा टीकाबहादुर कार्की बताउँछन्। पर्वत राज्यअन्तर्गतको ज्यामरुककोटका अन्तिम राजा भर्तीबम मल्ल रहेको इतिहास छ। बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीको दोभानमा स्नान गर्न आएको अवस्थामा राजा भर्तीबमको हत्या भएपछि पति वियोगमा परेकी रानी विश्वप्रभा बेनीको कुरीलाखर्कमा अलप भएको बताइन्छ। ज्यामरुककोटको पूजा व्यवस्थापनका लागि ३२ रोपनी गुठीको जग्गा छ।

अहिलेको परिस्थिति अनुसार गुठीबाट हुने आम्दानी न्यून भएकाले कोतको नियमित पूजा सञ्चालन गर्न समेत समस्या भएको अध्यक्ष घिमिरे बताउँछन्। बेनी बजारदेखि डेढ घन्टा पैदल र एक घन्टा गाडीको यात्रापछि ज्यामरुककोट पुग्न सकिन्छ । रासस

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • शिक्षा नियमावली निजीक्षेत्र अनुकूल हुनुपर्ने

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले निर्माणाधीन शिक्षा नियमावलीमा निजी क्षेत्रको लगानीको सुरक्षा र लगानीमैत्री वातावरण नदेखिएको जनाएको छ।

  • क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

    कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको छ। स्ववियु निर्वाचनको विषयलाई लिएर प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले आगजनी गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख सरोज पौडेलले बताए। आगजनीबाट कार्यकक्षमा रहेका महत्वपूर्ण कागजात, कुर्सी, टेबल गरी एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रमुख शर्माले जानकारी दिए।

  • नुवाकोटमा मध्यपहाडी लोकमार्गबारे अन्योल

    राष्ट्रिय गौरवको आयोजना भनिने मध्यपहाडी लोकमार्गबारेमा नुवाकोटका स्थानीय भने अन्योलमा छन्। राजमार्गले कति सडक सीमा कायम गर्छ भन्ने यकिन नहुँदा अन्योल छाएको उनीहरुले बताएका छन्।

  • हुम्लामा कर्मचारी अभाव

    यहाँको जिल्ला अदालत र अन्य सरकारी कार्यालय समेतमा कर्मचारी नभएको पाइएको छ। अन्य सरकारी कार्यालयमा पनि कर्मचारी अभाव भएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जैसीले बताए। योजना तर्जुमा गोष्ठी र अन्य बैठकमा विभिन्न निकायका प्रमुखहरुको उपस्थिति हुने नगरेको उनले बताए। 

  • आशा लामाले भनिन्,‘मैले कुनै गलत काम गरेको छैन, सरकारले मेरो नाम फिर्ता लिनै मिल्दैन’

    आशा लामाले भनिन्,‘मैले कुनै गलत काम गरेको छैन, सरकारले मेरो नाम फिर्ता लिनै मिल्दैन’

    सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएकी हुन्। उनले भनिन्,‘मैले देश र जनताको हित विपरित कुनै पनि त्यस्तो काम गरेको छैन, मैले आप्रावासी नेपाली महिलाहरुको हकहितको लागि काम गरेको छु, विगत ६ वर्षदेखि युएईमा काम गरिरहेको छु, त्यहाँका नेपालीहरुको पीडा मलाई जति कसैलाईपनि थाहा छैन्, उनीहरुको समस्या समाधान गर्नको लागि म जेलमा पुगेको छ, हरेक ठाउँमा पुगेको छु, हरेक नेपालीहरुले काम गर्ने कम्पनीदेखि घरमा पुगेको छ,।’

Hundai

लोकप्रिय

vianet

सूचनापाटी