श्रेष्ठद्वारा ६ लाखको जग्गादान

  • Get News Alerts

tata

तनहुँको बन्दीपुर नगरपालिका–६ विमलनगर निवासी सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले गुफाको भवन निर्माणका लागि ६ लाख मूल्य पर्ने जग्गादान दिएका छन्। 

गुफाको व्यवस्थापनका लागि भवन निर्माण गर्न ६ लाख मूल्य बराबरको जग्गादान दिएको श्रेष्ठले बताए। सिद्धगुफा विकास समितिको बुधबार विमलनगरमा आयोजित नवौँ साधारणसभाका अवसरमा अध्यक्ष श्रेष्ठले सो जग्गादान दिएका हुन्। गुफालाई जग्गादान दिने माइनुटिङ भइसकेको र पास गर्न मात्रै बाँकी रहेको जानकारी उनले दिए।

हालका गुफाका अध्यक्षसमेत रहेका श्रेष्ठले यसअघि पनि डुम्रेस्थित चिजकुमार/विष्णुकुमारी क्याम्पस र पवित्रा माविका लागि पृथ्वी राजमार्गसँगै जोडिएको ३० लाख मूल्य बराबरको चार आना घडेरी जग्गा दान दिएका थिए।

सो साधारणसभाको बन्दीपुर नपाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले उद्घाटन गर्दै गुफाको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कारागार र हिरासत कक्षको भौतिक अवस्था सुधार गर्न सुझाव

    राष्ट्रिय मानवाधिकार आयोगको टोलीले आज सिन्धुलीको कारागार तथा हिरासत कक्षको अवलोकन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दीपेन्द्र सिंहसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार शाखा सिन्धुलीको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो।

  • कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

    राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ। अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो। उक्त कम्पनीले सन् २०१० मै विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी) को प्रतिवेदन तयार गरेको थियो ।

  • चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाले सेतोपाटीलाई जानकारी दिए।

  • इटलीको एउटा होटलमा ३० शव भेटिए

    इटलीमा एउटा होटलमा बिहीबार तीस वटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन्। ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ।

  • एकदिवसीयमा धोनीको १० औं सतक

    एकदिवसीयमा धोनीको १० औं सतक

    भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीयमा आफ्नो १० औं सतक पुरा गरेका छन्। उनले इङ्ल्यान्डविरूद्ध कटकमा भइरहेको दोस्रो एकदिवसीयमा १ सय ६ बलमा सतक पुरा गरे।  दुई साताअघि एकदिवसीयबाट सन्यास लिएपछि उनको पहिलो सतक हो। उनले तीन छक्का र ९ चौकाको सहयोगले सतक पुरा गरेका हुन्।

hundai

लोकप्रिय

vianet

सूचनापाटी