जाने होइन गोरू जुधाई हेर्न?

  • Get News Alerts

united
tata

गोरू जुधाई भन्ने वित्तिकै धेरैको मनमा यूरोपेली देश स्पेनको ‘बुल फाईट’ को सम्झना आउँछ। तर, गोरू जुधाईको एक मौलिक शैली नेपालमा दशकौं अगाडिदेखि प्रचलित छ।

गोरू जुधाइ मेला नेपालको नुवाकोट जिल्लाको तारूका गाविसको चन्दनी पाटा तथा बेत्रावतीमा आयोजना गरिने प्रतिस्पर्धात्मक मेला हो। हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा भव्य रूपमा गोरु जुधाइ मेला आयोजना हुनेगर्छ ।

ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो।

प्राकृतिक रूपमा गोरूहरू भेट हुनासाथ जुध्न थाल्छन्। तर, माघ १ गते रसुवा र नुवाकोटको सीमा बेत्रावतीमा गोसाइकुण्ड युवा क्लबले गोरू जुधाउने गर्छ।

बेत्रावतीमा गोरू जुधाउन थालेको धेरै भइसक्यो। नेपाल-तिब्बतबीच बि.सं. १८४९ असोज १७ गते बेत्रावती नजिकै ढुंगामा बसेर सन्धी भएको थियो।  त्यही बेलादेखि गोरू जुधाएर रमाइलो गर्ने परम्परा बसेको हो।क्लबले २०५३ सालदेखि यसलाई व्यवस्थित गरेर मेला मनाउन थालेको हो।

पछिल्लो समय बेत्रावतीको गोरू जुधाईले चर्चा मात्र पाएको होइन, यस क्षेत्रको पर्यटकीय महत्व समेत बढाउँदै लगेको छ। गोरु जुधाइलाई मनोरञ्जनको रुपमा मात्र नलिएर यसलाई मानिसहरुबीचको आपसी भेटघाट र सद्भाव वृद्धिका रुपमा पनि लिने गरिन्छ। गोरु जुधाइको चर्चा जति छ, त्यसको तुलनामा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विस्तार गनुपर्नेमा स्थानीय युवाहरुले जोड दिदै आएका छन्।

गोरू जुधाईलाई विश्व बजारमा समेत परिचित बनाएर पर्यटन विकासमा महत्व दिनुपर्ने रसुवा ट्रेक्सका सञ्चालक गगनकुमार न्यौपानेले सेतोपाटीलाई बताए।

गोरु जुधाइ कार्यक्रम स्थानीयको पहलमा मात्र भइरहेकोमा आगामी दिनमा यसलाई सरकारले नै महत्व दिएर बजेट नै छुट्टयाएर व्यवस्थित रुपमा आयोजन गर्न सके पर्यटन विकासमा टेवा पुग्ने न्यौपानेको तर्क छ।

मेला व्यवस्थापन समितिका सचिव गणेश श्रेष्ठले कार्यक्रमका लागि पर्यटन बोर्ड, स्थानीय समाजसेवी, व्यवसायी, उद्योगीहरूले सहयोग गरेको बताए। उनले दिर्घकालिन रुपमा यस मेलाको लागि बजेट नभएको गुनासो गरेका छन्।

पछिल्ला वर्षहरुमा गोरू जुधाई प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत स्थान पाउन थालेपछि केही आशा गर्ने स्थिति  रहेको उनले बताए।

अहिले कृषिमा आधुनिकिकरण भएसँगै गाउँ गाउँमा ट्याक्टर पुगेकाले किसानले गोरू पाल्नै छाडेका छन्। तर, गोरू जुधाउनकै लागि भनेर केही किसानले गोरू पालिरहेका छन्।

‘माघे सक्रान्तिको गोरु जुधाइलाई मध्यनजर गर्दै किसानहरुले निकै स्याहार सुसारका साथ गोरु पाल्ने गर्दछन्। वर्षभरी अण्डा, चामल मासलगायतका पोसिलो आहारा खुवाएर गोरुलाई जुधाउनका लागि तयार पारिन्छ,’ श्रेष्ठले भने,‘यसका लागि हामीले किसानलाई केही रकम दिएर गोरू पाल्न पोत्साहन गरेका छौ।’

मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेको छ ।

के छ यसपाली मेलामा

बेत्रावतीको ऐतिहासिक परम्परा जोडिएको यस मेलामा दर्शकहरूको थप सुविधाको लागि गोरू दर्ता, बिचबिचमा सांस्कृतिक चेतनामूलक कार्यक्रम विजयी गोरु धनीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ।

यसपाली दश हल गोरू जुधाइने आयोजकले जनाएको छ। बिहान १० बजेदेखि सुरू हुने मेलामा सहभागी गोरूलाई पुरस्कार पनि व्यवस्था गरिएको छ। जसमा जित्नेलाई ३ हजार हार्नेलाई २५ सय र सहभागीलाई २ हजार दिने सचिव श्रेष्ठले बताए। ५ मिनेटभन्दा कम समय जुध्ने गोरूलाई सहभागी मात्र मानिन्छ।

मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहनेछ। स्थानीय परिकारका स्टल, झाँकी, लोकल माछाका परिकार, लाखे नाचबाट दर्शकलाई थप मनोरञ्जन दिने कार्यक्रम छ।

स्थानीय कला र संस्कृतिको उत्थानका लागि युवाहरुको विशेष सहभागिता रहनेछ।

यस्तै गोरूलाई नाम दिएर प्रतिश्पर्धा गराइने छ। किसानकै सहमतिमा जसको गोरूले जित्छ, हार्ने पनि उसैले लिएर जाने कार्यक्रम छ।

यस्तै गोरू जुधाँउने ठाउँको अन्तिम तयारी पुरा भएको छ। अघिल्लो सालको भन्दा तीन गुणा फराकिलो मैदान बनाइएको छ।

पर्यटकीय महत्व

बेत्रावतीलाई उत्तर गयाँ पनि भनिन्छ। उत्तरगयामा पितृकर्म गरे नुहाए वा दान गरे बढी फल हुने  जनविश्वास रहि आएको छ। रसुवाबाट बग्दै आएको त्रिशूली नदी र उत्तर तिरबाट बगेको फलाखुँ नदीलाई बेत्रावती गंगा भनिन्छ।

भगवान शिवले बेतको लौरोद्वारा पानी निकालेपछि बेत्रावती उत्पत्ती भएको विश्वास छ।

क्षेत्रगंगा, रूद्ध गंगा र त्रिशूल गंगाको संगम त्रिवेणी धाम हो बेत्रावती।  यहाँ माघे संक्रान्ती, दसैं, तीज, जनै पूर्णिमा, कुसे औसी, ठूली एकादशी आदिमा ठूलो मेला लाग्ने गरेको छ।

बेत्रावतीमा पर्यटकको बसाइ लम्ब्याउन सामान्य लजहरू खुलुका छन्। खाजा घरहरू छन्।

कसरी जाने बेत्रावती?

काठमाडौबाट बेत्रावती जानको लागि कलंकी हुँदै गल्छी–त्रिशूली ५५ किमी सडकखण्ड प्रयोग गर्नुपर्ने हुन्छ। जुन सबैभन्दा छोटो रूट हो। जहाँ पुग्न नीजि सवारी साधन नहुनेहरुलाई पनि कुनै चिन्ता छैन। किनकी पर्याप्त बस तथा माइक्रो बसहरु सञ्चालनमा छन्। ३ घन्टामा गन्तब्य पुर्‍याउँछन्।

यसैबीच बेत्रावती जान नेपाली पर्यटकलाई क्लबले विशेष प्याकेजको व्यवस्था पनि गरेको छ।

‘बेत्रावतीमा गोरू जुधाँइ हेर्न हामीले दुई दिने प्याकेज बनाएका छौ,’ न्यौपानेले भने,‘पुस २९ गते काठमाडौंबाट गएर नुवाकोटको देवीघाट, साततले दरबार अवलोकन गरेर साँझ रसुवाको जिबजिबे फार्म हाउसमा बस्ने र भोलिपल्ट गोरू जुधाँइ हेरे फर्कने योजना छ।’

यसको प्याकेज मूल्य ५ हजार पर्ने न्यौपानेले बताए।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान

    झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ/गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो ।

  • झापाका चौंतिस घरपरिवारलाई जनता आवासको पहिलो किस्ता

    झापाका चौंतिस घरपरिवारलाई जनता आवासको पहिलो किस्ता

     जनताको आवास कार्यक्रम अन्तर्गत झापाका ३४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । दलित, मुस्लिम, आदिवासी तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत उनीहरुले पहिलो किस्ताबापतको  १८ लाख २४ हजार ९५० रुपैयाँ पाएका हुन् ।

  • कञ्चनपुरमा औलो रोगका बिरामी घट्दै

    कञ्चनपुरमा औलो रोगका बिरामी घट्दै

    लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् ।

  • बौद्धमार्गीलाई ज्योतिष शास्त्र प्रशिक्षण

    शुक्रबार धनकुटा–१ हिलेमा नेपाल तामाङ लामा घेदुङ केन्द्रीय समितिको आयोजना र जिल्ल्ला घेदुङ म्हानीपा घेदुङ धनकुटाको व्यवस्थापनमा सुरु भएको प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, सङ्खुवासभा, तेह्रथुम र धनकुटाका बौद्धधर्मालम्बी लामा एक सय ५० सहभागी रहेको घेदुङका सचिव निरेन तितुङ तामाङले बताए। हिले बजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्बामा प्रशिक्षण दिइँदैछ ।

  • म्याग्दीका नौ विद्यालय पुनःनिर्माण

    म्याग्दीका नौ विद्यालय पुनःनिर्माण

    दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ। जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी