सेवाग्राहीको काममा ढिलाइ नगर्न प्रधानन्यायाधीशको निर्देशन

चुनाव
  • Get News Alerts

tata

प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनी उपचारका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छन्। 

खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनुपर्दा जनतामा वितृष्णा सिर्जना हुने भएकाले न्याय सम्पादनमा तदारुकता देखाउन मातहतका न्यायाधीशलाई निर्देशन दिएकी हुन्। 

“अदालतको फैसला लामो समयसम्म पर्खनुपर्दा खर्च समेत बढी हुन्छ” प्रधानन्यायाधीश कार्कीले भनिन् – “निमुखा, गरिब र पिछडिएका व्यक्तिले केही जाने सुनेका हुँदैनन्, त्यसैले उनीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर चित्तबुझ्दो काम गरिदिनुहोस् ।”

प्रधानन्यायाधीश कार्कीले न्यायपालिका भनेको सबैको आस्था र धरोहरको केन्द्र भएको उल्लेख गर्दै “न्यायपालिकामा पक्षपात हुनु हुँदैन, समयमा फैसला कार्यान्वयन हुन्छ, त्यो नै उच्च इन्साफ हो” भनिन्।

तीन करोड ८९ लाख ५२ हजारको लागतमा सो भवन निर्माण भएको जनाएको छ । रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई 'हार्वर्ड डिग्री'

    विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई  'हार्वर्ड डिग्री'

    फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेसबुक सुरु गरेका थिए। उक्त सामाजिक सञ्जालले पाएको सफलतासँगै उनले विश्व विख्यात विश्वविद्यालय छाडे र फेसबुक संचालनमै जीवन समर्पण गरे।

  • विषालु च्याउ खाँदा नौ बिरामी

    विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।

  • ढुङ्गाले च्यापेर १३ वर्षीया बालिकाको मृत्यु

    पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो ।

  • महोत्तरीमा तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति

    आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पुर्‍याएको छ । आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पुर्‍याएको ठाउँठाउँबाट जानकारी आएको छ ।

  • धनकुटाका भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

    धनकुटाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको नौ करोडमध्ये पाँच करोड रुपैयाँ निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी