तलेजु मन्दिर परिसरमा आगलागी

  • Get News Alerts

united
tata

भक्तपुर तलेजु मन्दिर परिसरमा आज दिउँसो आगलागी भएको छ।

विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको र्‍याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिए।

मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो अचानक आगलागी भएपछि नेपाली सेना , नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषद् भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिए।

तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुईतले सुवाल घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । रासस

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

    क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

    चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ ।

  • बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

    बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

    यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।

  • ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा ३ जनाको ज्यान गयो

    २ जनाको अत्तरियाको पद्मा र धनगढीस्थित सेती अञ्चलमा उपचारका क्रममा मृत्यु भएको र एक जनाको यहाँ उपचार सम्भव नभए पछि नेपालगञ्जको कोहोलपुर लैजाने क्रममै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्याललय केलालीका डिएसपी बिरबहादुर बुढामगरले जानकारी दिए।

  • पत्रकार आचारसंहिताको पालनामा जोड

    पत्रकारिताको मूल्य र मान्यतालाई बचाउन पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने सञ्चार सम्बद्ध व्यक्तिले आग्रह गरेका छन्। राज्यको चौथो अङ्ग पत्रकारिताले समाजलाई डोर्‍याउने भएकाले त्यसलाई अनुशासनमा राख्नका लागि पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताएका हुन्।

  • महिलालाई आत्मनिर्भर बनाउँदै राष्ट्रपति उत्थान कार्यक्रम

    राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने तालिम लिन आएकी एक सहभागी हुन् बाँधु गाविस–६ की राधिका अधिकारी। उनी अहिले ३९ वर्षकी भइन्। महिला तथा बालबालिका कार्यालय, बाजुराले सञ्चालन गरेको तीन महिने हाते होेजियारी तालिम लिन सामान्य परिवारकी अधिकारी दुई दिन पैदल हिँडेर सदरमुकाम आएकी हुन्। छोराछोरीको कुनै चिन्ता नमानी तालिममा एकमन भएर सीप सिक्ने अधिकारीको लक्ष्य रहेको छ।

लोकप्रिय

vianet

सूचनापाटी