९ वर्षमा ५ पटक जेल, ३ वर्षमा १५ स्थानमा डकैती र चोरी

skoda
  • Get News Alerts

united
tata

 उपत्यकामा श्रृंखलाबद्ध रुपमा डकैती र चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप दोरम्बा ८ घर भइ काठमाडौंको कागेश्वरी मनहरा बस्ने सागर भन्ने टिका थापा मगरलाई पक्राउ गरेको हो। उनले उपत्यकाका विभिन्न् थानमा चोरी तथा डकैती गर्ने गरेको एसएसपी सर्वेन्द्र खनालले बताए।

उनले गत पुस २२ गते भक्तपुर कौशलटारमा एनआइसी बैंकबाट रकम निकालेर जाने क्रममा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेका थिए। त्यसपछि प्रहरीले सिसिटिभी निगरानीबाट थापालाई पक्राउ गरेको प्रहरी निरीक्षक भरत थापाले बताए।

पछिल्लो ३ वर्षको अन्तरमा उनले १५ पटक चोरी तथा डकैती गरेको खनालले बताए। २०६४ सालदेखि अहिलसम्म उनी ५ पटक जेल परेका छुटेका छन् । २०६४ साल भदौं १ गते डाँका मुद्दामा उनी पक्राउ परे। त्यसपछि छुटेर फेरि उनी २०६५ साल जेठ ५ गते चोरी मुद्दामा जेल गए।

२०६८ साल असार २४ गते मोटरसाइकल चोरीमा जेल परेपछि ६८ साल फागुन ५ गते जेलबाट छुटेका थिए। उनी फेरि २०६९ साल साउज ३ गते चोरी मुद्दामा फत्राउ परे । जेलबाट छुटेर फेरि उनी २०७२ साल असार ७ गते चोरी तथा डाँका मुद्दामा फत्राउ परि २६ लाख धरौटी बुझाएर छुटेका थिए।

पछिल्लो ३ वर्षमा उनले गरेका चोरी तथा डकैती

-मिति २०७३।२।१ गते पिडित राम थापाले का।जि।महाराजगन्ज स्थित शिक्षण अस्पताल को पार्कीङमा पार्किंङ राखेको बा ७४ प३६३२ नंको निलो रंगको मोटर साईकल चोरी गरी लगेको।

-मिति २०७३।६।५ गते जिल्ला काभ्रे बनेपानगर पालिका तरकारी बजार अगाडी रहेको बैकमा पैसा जम्मा गर्न भनि झोलामा बोकी लादै गरेको नगद रु ३७,००,०००।( रुपैयाँ मोटरसाइकलमा आएका २ जनाले जबर्जस्ती लुटपाट गरि लान खोजेको तर असफल भएको

- मिति २०७३।६।१४ गते जिल्ला भक्तपुर राधे राधे मन्दिर नजिक बाट माया देबी उप्रेतीको साथमा रहेको नगद रु ९३,०००।–जबर्जस्ती लुटपाट गरी लगेको ।

- मिति २०७३।८।०५ गते जिल्ला भक्तपुर कटुन्जे २ स्थित मनी ट्रान्सफर बाट सुस्मिता सुबेदीले नगद रु ७३,६६९ निकाली जाने क्रममा मोटरसाइकल आई उक्त रकम जबर्जस्ती लुटपाट गरी लगेको ।

- मिति २०७३।०८।१९ गते  पवित्र नगर स्थित यमकला भन्डारीले सहकारी बाट निकालेको नगद रु ३,६०,०००।– रुपैया लाने क्रममा का।जि। पवित्र नगर स्थित मोटरसाइकल आई उक्त नगद जबर्जस्ती लुटपाट गरी लगेको ।

- टिका बहादुर थापा मगरले उपत्यकाका बिभिन्न स्थानमा मोटरसाइकलको प्रयोग गरी पिडित लाई पिछा गरी एकान्त स्थानमा पारी नगद तथा धनमाल जबर्जस्ती चोरी गर्ने गरेको खुल्न आएको ।

 
-मिति २०७१।१०।२१ गते नयाँ बानेश्वर बाट रु १८,८४,६३५ नगद निकाली का।जी। कंलकी बस्ने सरस्वती आचार्य आफ्नो पार्किङ गरी राखेको स्कुटर चढ्न लागेको अवस्थामा निलो मोटरसाइकलमा आई रकम सहितको ब्याग लुटी फरार भएको ।

- मिति २०७१।०७।२१ गते  शनी इन्टरप्राइजेज कपनवाट रकम निकालि तेन्जिड। चोकमा पैदल हिडि रहेको अवस्थामा प्रेरणा राईको साथमा रहेको रु १,५५,०००।( मोटरसाइकलमा आई रकम लुटी फरार भएको ।

- मिति २०७१।०९।०६ गते  समयमा जिल्ला सर्लाही घर भई  जोरपाटी वस्ने वर्ष ४० की सुमित्रा अधिकारीको साथमा रहेको रु ६९,२५०।( रकम सहितको ब्याग लुटी फरार भएको ।

- मिति २०७२।०१।२७ गते विहान  वाफल स्थित कोहिनुर हाउजिङको नजिकै सिता श्रेष्ठको २ तोलाको सुनको सिक्री पल्सर मो।सा।मा आएका ब्यक्तिहरुले लुटी फरार भएको ।

- मिति २०७२।०२।२७ गते विहान बुध्दनगरमा उर्मिला कडेलको ३ तोलाको सुनको सिक्री पल्सर मो।सा।मा आएका ब्यक्तिहरुले लुटी फरार भएको । 

-मिति २०७२।०२।३२ गते राती  बौद्ध भाटभटेनीको पार्कीङ एरियामा पार्किड। गरी राखेको विष्णु वहादुर गुरुङगको बा।६ च ७६९८ नंको बोलेरो गाडी चोरी गरी मकवानपुर पदमपोखरीमा लगि लुकाई छिपाई राखेको ।
- मिति २०७२।२।२० गते पुरानो बानेश्वरबाट जीवन शर्माको बा६८ प ९०१८ नं। को २२० सीसी को रातो कालो रंङको मोटरसाईकल चोरी गरी लगेको ।

- मिति २०७१।१२।०६ गते ओम अस्पताल चाबहिलबाट राम श्रेष्ठको बा६७ प ८४६८ नम्बरको निलो कालो रंङको पल्सर मोटरसाईकल चोरी गरी लगेको, उक्त मोटरसाइकलमा फर्जि नम्बर ८९५७ राखी  बुध्दनगरमा सिक्री लुट्न प्रयोग गरेको साथै सोहि मोटरसाइकलमा ९०६३ नम्बरको नम्बर प्लेट राखि रिता तामाङको नामको नक्कली सवारी चालक अनुमती पत्र समेत बनाएको ।

-मिति २०७२।०२।२१ गते बौध्द भाटभटेनीमा पार्कीङ गरी राखेको राम काजी श्रेष्ठको मोटरसाईकल टिका थापा मगर र तेज वहादुर तामाङले चोरी गरेको ।

 

यसैबीच काठमाडौं प्रहरीले चोरी गरेको अभयोगमा एकै दिन ९ जना जनालाई पक्राउ गरेको छ। महाराजगंज, जनसेवा, बौद्ध र कालिमाटीमा गरेर ९ जनालाई चोरी गर्दा गर्दैको अवस्थामा पक्राउ गरिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख प्रद्युम्न कुमार कार्कीले जानकारी दिए। पक्राउ पर्ने २ जना महिला पनि छन् ।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ट्रकसँग मोटरसाइकल ठोक्किदाँ एकको मृत्यु

    मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एकजनाको मृत्यु भएको छ। स४प ४८६१ नं को मोटरसाइकल बा२ख ५२०८ नं को ट्रकसँग आज बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किदाँ त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो।

  • दुर्घटनामा चालकको मृत्यु

    काभ्रेपलाञ्चोकको महादेवस्थान गाविस–९ मा आज भएको ट्र्याक्टर दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। स्थानीय महादेवस्थानबाट हिगुवापाटी जाँदै गरेको ना५त ३८५१ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा महादेवस्थान गाविस–९ का ४५ वर्षीय कृष्णबहादुर राई दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। उनले मदिरासमेत सेवन गरेर ट्र्याक्टर चलाएको बताइएको छ ।

  • विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणार्थ एक करोड १८ लाख सङ्कलन

    पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मूर्तिका लागि एक सय ८९ रोपनी जग्गा र एक करोड १८ लाख नगद सङ्कलन भएको छ। धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा आज काहुँकोटमा आयोजित बुद्ध मण्डला निर्माणार्थ भूमिदान कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समूहले १७० रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो।

  • चितवनमा भूकम्पपीडितको लगत सङ्कलन कार्य तीव्र

    चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन भएको छ। भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लगत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिए। 

  • चिर्पटले टाउकोमा प्रहार गरी पूजारीको हत्या

    महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ। मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी