सशस्त्र प्रहरीका जवान कुटेका चिनियाँ नागरिकले राजस्व अनुसन्धान विभागका कर्मचारी कुटे

  • Get News Alerts

न्याय पाउन ढिलो भएकोमा आक्रोश
tata

 

झण्डै ३ वर्षमा पनि आफूले न्याय नपाएको भन्दै एक जना चिनियाँ नागरिकले ललितपुरस्थित राजस्व अनुसन्धान विभागका कर्मचारीमाथि हातपात गरेका छन । चिनियाँ नागरिक ट्याङ क्वानले मंगलबार दिउँसो १ बजेतिर कानुनी शाखाका कर्मचारी जिल्ला न्यायाधिवक्तामाथि हातपात गरेको प्रहरीले जनाएको छ।

'कर्मचारीमाथि हातपात गर्दै उनले टेवलमा लात्ताले हान्दा कम्युटर र प्रिन्टर फुटेको छ,' ललितपुरका डिएसपी इश्वर कार्कीले सेतोपाटीसँग भने । तत्काल प्रहरी नियन्त्रणमा परेका क्वान अहिले ललितपुरस्थित प्रहरी परिसरको हिरासतमा छन्। क्वान २ वर्ष ८ महिनाअघि सिन्धुपाल्चोकबाट अवैध मुद्रा कारोबारमा पक्राउ परेका थिए।

उनी तारेखका लागि विभाग धाइरहेका थिए। लामो समयसम्म आफूले न्याय नपाएको भन्दै आफू आवेगमा आएको क्वानले बताएका छन्।

२०७१ साल जेठ २१ गते उनलाई सिन्धुपाल्चोकमा खटेको सशस्त्र प्रहरी वलको टोलीले १४ हजार ८ सय अमेरिकी डलरसहित पक्राउ गरेको थियो। डलरको अवैध कारोबारको अभियोगमा उनी फत्राउ परे। त्यस बेला पनि क्वानले चेकजाँचका क्रममा सशस्त्र प्रहरीका जवानहरुमाथि हातपात गरेका थिए।

त्यसपछि सशस्त्र प्रहरीले उनलाई विभागमा बुझाएको थियो। झण्डै ३ वर्षदेखि अवैध मुद्रा कारोबारमा आफू पक्राउ परेपनि स्वदेश जान नपाएको भन्दै उनी आक्रोशित भएका थिए। उनको पासपोर्ट पनि विभागले नै लिएर राखेको थियो।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन

    पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ। पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन्।

  • ठग्दै हिँड्ने दुई सपेरा पक्राउ

    घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाई ठगिनु भएको त छैन? सर्प नचाउँदै आउने सपेराले तपाइलाई ठग्न सक्छन् होस् गर्नुहोस्? बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले दुई जना सपेरा पक्राउ गरी आइतबार प्रहरीलाई बुझाएका छन्।

  • पाईप चोरी भएपछि ३६ लाखको सिँचाइ अवरुद्ध

    सिँचाइ योजनाको पाइप चोरी हुँदा मजकोट–६ का स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। पिप्से वडारदेखि पल्लाचौर सिँचाइ योजना निर्माण भएको दुई वर्ष नबित्दै पाइप चोरी भएको हो। दुई महिनाअघि मुहानबाट करिब ४०० मिटर लम्बाइ रहेको पाईप चोरी भएको सिँचाइ योजनाका अध्यक्ष मरिमल तिरुवाले बताए। 

  • बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने

    उनले भने “बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउनेलगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरणको अभियान थालिएको होहाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बालसञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए।

  • घुस लिँदालिँदै नासु पक्राउ

    सेवाग्राहीले कर्मचारीबाटै बिगारिएको कागजको त्रुटी सच्याउन आवश्यक कागजात मिलाउन लेखापढी व्यवसायी देवेन्द्र ठाकुरको सहयोग लिएका थिए । देवेन्द्रले छिटोछरितो काम गराउन त्यसको लागि लाग्ने दस्तुर रु ६ हजारमा एक हजार थपेर कर्मचारीलाई दिए । तर, त्यहाँका नासु राधेशरणले त्यसले नपुग्ने, कम्तीमा चार हजार थप दिनुपर्ने भनी कर गरे ।

hundai

लोकप्रिय

vianet

सूचनापाटी