नासाको अबको गन्तव्य ‘पुरानो ग्रह टुक्रेर बनेको आकासपिण्ड’

  • Get News Alerts

united
tata
अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था ‘नासा’ ले अबको केही वर्षभित्रै ‘साइके’ नामको आकासपिण्ड (एस्ट्रोइड) मा आफ्नो अन्तरिक्षयान अवतरण गराउने भएको छ। 
 
गएको बुधबार आगामी अन्वेषणबारे जानकारी दिँदै नासाले उक्त घोषणा गरेको हो। नासाले यो अन्तरिक्षयानको नाम पनि ‘साइके’ नै राखेको छ।
 
‘मानवजातिले चट्टानको संसार, बरफको संसार र ग्यासको संसार देखिसके, तर हामी धातुको संसारमा अझै पुगेका छैनौं,’ अन्तरिक्ष वैज्ञानिक डा. लिन्डी एल्किन्स टान्टोन भन्छिन्, ‘हामी यसपालि जुन आकासपिण्डमा अन्तरिक्षयान पठाउँदैछौं, त्यो हाम्रो सौर्यमण्डलको एकमात्र गोलाकार र थेप्चिएको आकासपिण्ड हो।’
 
डा. लिन्डी अमेरिकाको एरिजोना विश्वविद्यालयअन्तर्गत ‘अर्थ एन्ड स्पेस’ कार्यक्रमका निर्देशक हुन्। उनले ‘साइके मिसन’ मा प्रमुख अनुसन्धानकर्ताको जिम्मेवारी सम्हालेकी छन्।
 
नासाले आफ्नो अन्तरिक्षयानलाई सन् २०३० भित्र साइकेमा अवतरण गराउने योजना बनाएको छ। यो आकासपिण्डबारे वैज्ञानिकलाई धेरै जानकारी छैन। उनीहरूले यति मात्र अनुमान गरेका छन्, यो आकासपिण्ड फलाम, निकलजस्ता धातुले बनेको छ। 
 
वैज्ञानिकका अनुसार सौर्यमण्डल निर्माण प्रक्रियामा ध्वस्त भएको एक पुरानो ग्रहको भित्री भाग नै साइके हो। उक्त ग्रहको बाहिरी भाग ध्वस्त भए पनि धातुले बनेको कठोर भित्री भाग भने सौर्यमण्डलमै निरन्तर घुमिरह्यो।
 
आखिर साइके मिसनबाट वैज्ञानकहरू के जान्न चाहन्छन्?
 
यो आकासपिण्डको अध्ययनले पृथ्वीको भित्री भाग कस्तो छ भनी जान्न मद्दत पुग्ने वैज्ञानिकहरूको भनाइ छ। पृथ्वीको केन्द्रमा के छ भनेर वैज्ञानिकले अनुमान गरे पनि त्यहाँको वास्तविकतालाई सोझै अवलोकन गर्न कठिन मात्र होइन, असम्भव नै छ। सौर्यमण्डलमा रहेको अर्को ग्रहको भित्री भागको अध्ययनले पृथ्वीको केन्द्रमा रहेको रहस्य खोल्नसक्ने वैज्ञानिकहरू बताउँछन्।
 
‘हामीले हाम्रो मिसनको नाम नै साइके राखेका छौं, किनकि हाम्रो गन्तव्य साइके नाम गरेको एस्ट्रोइड हो,’ डा. लिन्डी भन्छिन्, ‘मिसनको नामले नै हाम्रो उद्देश्य प्रस्ट पार्छ। सुरुको चरणमा भएकाले हुनुपर्छ, हामी अत्यन्तै उत्साहित छौं।’
 
राडारबाट निरीक्षण गर्दा ‘साइके’ को आकार थेप्चिएको अन्डाकार देखिन्छ। यसको आकार लगभग २७ हजार वर्गकिलोमिटर क्षेत्रफल भएको अमेरिकाको म्यासाचुसेट्स राज्यजत्रो छ। यसको घनत्व २०० देखि ४५० पाउन्ड प्रतिक्युबिक फुट रहेको अनुमान छ। पृथ्वीको औसत घनत्व ३४४ पाउन्ड प्रतिक्युबिक फुट छ।
 
साइके ज्यादै चम्किलो देखिन्छ, जसले यो आकासपिण्ड धातुले बनेको वैज्ञानिकहरूको अनुमानलाई थप आधार प्रदान गर्छ।
 
नासाको योजनाअनुसार साइके यानलाई सन् २०२३ मा सौर्यमण्डलतर्फ प्रक्षेपण गरिनेछ। त्यसको सात वर्षपछि अर्थात् सन् २०३० मा उक्त अन्तरिक्षयान आफ्नो गन्तव्यमा पुग्नेछ। यानले आकासपिण्डलाई २० महिनासम्म परिक्रमा गर्नेछ।
 
‘साइके’ नासाका वैज्ञानिकले जान्न चाहेको एक मात्र आकासपिण्ड भने होइन। गत बुधबार नासाले ‘लुसी’ नामको अर्को अन्तरिक्ष अन्वेषण योजना पनि घोषणा गरेको छ। यसको उद्देश्य पनि सौर्यमण्डलमा रहेका आकासपिण्डहरुको अध्ययन नै हो।
 
अनुसन्धानकर्ताले मानवजातिको ३० लाख वर्षअघिको पुर्खा मानिएको एक जीवको सग्लो अवशेष भेटेका थिए, जसको नाम ‘लुसी’ राखिएको थियो। लुसीलाई मानवजातिकी 'हजुरआमा' पनि भनिन्छ। सौर्यमण्डलको अवशेष मानिने आकासपिण्डलाई अब त्यही मानवजातिको अवशेष मानिएको लुसीले अन्वेषण गर्नेछ। 
 
लुसी यान सन् २०२१ मा पृथ्वीबाट उड्नेछ। यसले सौर्यमण्डलमा रहेका ६ वटा आकासपिण्ड नजिक पुगेर तथ्य संकलन र विश्लेषण गर्नेछ। लुसीले सन् २०३३ मा आफ्नो मिसन पूरा गर्नेछ।
 
लुसीले अध्ययन गर्ने भनिएका ती आकासपिण्डलाई ‘ट्रोजन्स’ भनिन्छ। सौर्यमण्डलमा रहेका ती आकासपिण्डलाई बृहस्पति ग्रहले आफ्नो गुरुत्वाकर्षण क्षेत्रमा खिचेर राखेको छ। बृहस्पति ग्रहले जुन बाटोबाट सूर्यलाई परिक्रमा गर्छ, ती आकासपिण्डले पनि त्यही बाटो हुँदै सूर्यलाई घुमिरहेका छन्।
 
ट्रोजन्स आकासपिण्डका विशेषता फरक–फरक छन्। ग्रहका जानकारहरूका अनुसार बृहस्पतिको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गर्नुअघि ती आकासपिण्ड सौर्यमण्डलका फरक–फरक स्थानमा बनेका थिए।
 
‘हामीलाई लाग्छ, त्यसले सौर्यमण्डल प्रणाली कसरी बन्यो भन्नेबारे केही नयाँ तथ्य उजागर गर्नेछ,’ बोउलडरको साउथवेस्ट रिसर्च इन्स्टिच्युटका वैज्ञानिक हेरोल्ड लेभिसन भन्छन, ‘ती साना पिण्डहरू साँच्चै ग्रह निर्माणका क्रममा बनेका अवशेष हुन्।’ 
 
साइके र लुसी दुवै नासाको ‘डिस्कभरी प्रोग्राम’ अन्तर्गत सञ्चालन हुनेछन्। साइके र लुसी मिसनमा ४५–४५ करोड अमेरिकी डलर गरी अधिकतम ९० करोड अमेरिकी डलर खर्च हुने नासाले जनाएको छ। 
Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ग्यारेजमा भीषण आगलागी, चार वटा बस पूर्ण ध्वस्त

    ग्यारेजमा भीषण आगलागी, चार वटा बस पूर्ण ध्वस्त

    विरगन्ज उपमहानगरपालिका वडा नं १८ बसपार्कस्थित ईन्डिका ईन्जिनियरिङ रिपेयरिङ बडी कारखानामा भीषण आगलागी भएको छ। बसपार्क परिसरमा रहेको नेपाल प्रहरीको अस्थायी पोष्ट नजिकैको ग्यारेजमा भएको आगलागीबाट चार वटा बस पूर्ण रूपमा ध्वस्त भएको छ।

  • तस्करको अक्रमणमा प्रहरी नायब उपरीक्षकसहित ३ प्रहरी घाइते, प्रहरीद्वारा हवाइ फायर

    बाराको सिम्रौनगढ–कर्चोवामा तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरी नायब उपरीक्षकसहित ३ प्रहरी घाइते भएका छन्। नेपाल भारत सीमा अन्तर्गत बाराको सिम्रौनगढ–९ कर्चोवा गाँउमा लुकाइराखेको तस्करीको सामान छापामार्न गएको प्रहरी टोलीमाथि तस्कर आक्रमण गर्दा बाराका प्रहरी राजेन्द्र रेग्मीसहित तीन जना प्रहरी घाइते भएका हुन्।

  • ४७ दिनसम्म खोंचमा परेर पनि कसरी बाँचे ताइवानी युवा, विज्ञानले के भन्छ?

    ४७ दिनसम्म खोंचमा परेर पनि कसरी बाँचे ताइवानी युवा, विज्ञानले के भन्छ?

    डाक्टरहरूका अनुसार लियाङले के प्रमाणित गरेका छन् भने मानिसको शरीर इन्धन सकिनासाथ बन्द भइहाल्ने कुनै इन्जिन होइन। एकचोटी आपतकालीन अवस्थामा पुग्यो भने शरीरले आफूलाई पावर सेभिङ मोडमा ल लिन्छ ताकि मानिसले खाना खोज्ने केही समय पाओस्। यस्तो अवस्थामा पुगेपछि बाँकी रहेको शक्ति शरीरले मस्तिष्क, मुटु र किड्नीका लागि मात्र छुट्याउँछ।

  • आगलागीमा एक बालकको मृत्यु

    शुद्धोधन गाउँपालिका–५ हथिहवामा आज अपराह्न आगलागी हुँदा एक बालकको ज्यान गएको छ। आगालागीमा परी स्थानीयवासी ओमप्रकाश कुर्मीका दुईवर्षीय छोरा श्यामको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा बालकका बाबुआमा घरमा नभएको बताइएको छ ।

  • इँटाभट्टामा कार्यरत बाल श्रमिकको उद्धार

    भक्तपुर जिल्लाका विभिन्न इँटाभट्टामा कार्यरत १५ वर्षमुनिका बाल श्रमिकको आज उद्धार गरिएको छ । जिल्ला बाल कल्याण समितिको नेतृत्वमा बाल विकास समाजको सहयोगमा विभिन्न सङ्घ संस्थाको टोलीसहित आज गएको इँटाभट्टाको अनुगमनका क्रममा भेटिएका बाल श्रमिकको उद्धार गरिएको हो ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी