विमानस्थलको 'सेटिङमा' सुन तस्करी, सिआइबीद्वारा साढे ३३ किलो सुन बरामद

चुनाव
  • Get News Alerts

tata

युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेको डिआइजी नवराज सिलवालले सेतोपाटीलाई जानकारी दिए।

२४४ वटा १०- १० तोलाको विस्कुट बरामद भएको छ। त्यस्तै १८ वटा सिक्री र १९ वटा औंठीको तौल हुन बाँकी छ। बरामद गरिएको सुनको बजार मूल्य झण्डै १५ करोड रुपैयाँ भन्दा धेरै छ। सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका २ जना दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरिएको उनले बताए। लगेजभित्र प्लाष्टिकले र्‍याप गरेको सुन प्रहरीले बरामद गरेको हो। विमानस्थलको सुरक्षा जाँच पार गरेर गोल्डेन गेटमा आएका बेला सुन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएका छन्। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। लगेजबाट २६ वटा सुनका विस्कुट बरामद गरिएको छ। अरु र्‍याप गरिएको अवस्थामा पनि सुन रहेको सिलवालले बताए।

अर्को लगेजबाट पनि सुन बरामद भएको डिआइजी सिलवालले बताए। पक्राउ परेका शाही भरिया भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। युएइबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ। सुन बोकाएर पठाउने, भरियाको फोटो खिचेर नेपालस्थित एजेन्ट पठाउने र नेपालस्थित एजेन्ट विमानस्थलमा पुगेर सुन लिने गरेको प्रहरीले बताएको छ। 'सुन बोके वापत भरियालाई केही आर्थिक प्रलोभन दिने गरेको हामीले जानकारी पाएका छौं,' सिआइबीका एक अधिकारीले भने।

_MG_4045

तस्बिरहरूः अनिश रेग्मी/ सेतोपाटी

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई 'हार्वर्ड डिग्री'

    विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई  'हार्वर्ड डिग्री'

    फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेसबुक सुरु गरेका थिए। उक्त सामाजिक सञ्जालले पाएको सफलतासँगै उनले विश्व विख्यात विश्वविद्यालय छाडे र फेसबुक संचालनमै जीवन समर्पण गरे।

  • विषालु च्याउ खाँदा नौ बिरामी

    विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।

  • ढुङ्गाले च्यापेर १३ वर्षीया बालिकाको मृत्यु

    पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो ।

  • महोत्तरीमा तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति

    आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पुर्‍याएको छ । आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पुर्‍याएको ठाउँठाउँबाट जानकारी आएको छ ।

  • धनकुटाका भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

    धनकुटाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको नौ करोडमध्ये पाँच करोड रुपैयाँ निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी