दलित, विपन्न तथा अपाङ्ग विद्यार्थीलाई आज विराटनगरमा झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
गरिब, दलित, विपन्न समुदायका क्षेत्रमा काम गर्दैै आएको इनडिपेन्डेन्ट हुमन फाउन्डेसनले विराटनगर–७ स्थित रामपुरका दलित तथा विपन्न बस्तीका १४५ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको हो।
जनचेतना प्राथमिक विद्यालयमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सावित्री आचार्यले अधिकांश दलित मुसहर बस्तीका बालबालिकालाई स्कुल जान प्रोत्साहन गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको जानकारी दिइन्। रासस