सुनसरीको हरिनगरा गाविसमा सोमबार राति आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ।
हरिनगरा गाविस–२ सुपर मार्केटमा सञ्चालन गरेको शिवन चौरसीयाको कस्मेटिक पसलमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।
राति करिब २ बजे अचानक बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेका विभिन्न कस्मेटिक सामग्री पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
घटनाका विषयमा स्थानीयले प्रहरी र अग्नी नियन्त्रकलाई बोलाए पनि दुई घन्टा ढिलो आएको र आज बिहान ४ बजे मात्र आगलागी नियन्त्रणमा आएको स्थानीय सुरज साहले बताए। आगलागीलाई इनरुवा नगरपालिकाको बारुणयन्त्र र स्थानीयले नियन्त्रणमा लिएका थिए। रासस