हरेक वर्षको कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबारका दिन मनाइँदै आएको राष्ट्रिय कण्डम दिवस यो वर्ष पनि मनाइएको छ।
कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने तथा कण्डममा सहज र सुलभ रुपमा पहुँच बढाउने उद्देश्यले ‘दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं’ भन्ने मुल नारासहित २२ अौं राष्ट्रिय कण्डम दिवस पोखरामा शनिबार भव्य रुपमा मनाइएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालय कास्की, पश्चिम क्षेत्रीय एचआईभी एड्स सञ्जाल तथा परिवार नियोजन, एचआईभी एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ–सस्थाहरूको संयुक्त आयोजनामा जनचेतनामूलक र्याली सम्पन्न भएको छ।
पोखरास्थित जिरो किलोमिटर चोकबाट सुरू भई पृथ्वीचोक बसपार्कमा सम्पन्न गरिएको थियो। राष्ट्रिय कण्डम दिवसको मह्त्ववारे प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईंले र्यालीको उद्घाटन तथा समापन गरेका थिए। ¥यालीमा विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघ–संस्थाहरू, निजी क्षेत्रको उपस्थिति रहेको थियो।
र्यालीमा हिमाली सांस्कृतिक परिवारले बाजागाजा प्रदर्शन गरेको थियो। साथै कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने उदेश्यले दिन भर बसपार्कमा इन्फो डेक्सको व्यवस्था गरिएको छ।