वसन्त फक्रँदै गर्दा सहरभरि ज्याकरान्डाका फूल यौवनको उत्कर्षमा छ । निला ज्याकरान्डाका फूलहरूले चोक, गल्ली र मूलसडक रंगीन पारेका छन् ।
ज्याकरान्डाको फूल केही दिनमै रुखबाट झर्छन् तर जतिञ्जेल फुल्छन्, बेफिक्रीसँग यसरी फुल्छन् मानौं सबैतिर उत्सवको माहोल छ । झरेपछि पनि चौर निलाम्ये बनाउँछन् ।
फोटो संवाददाता ज्याकरान्डाको फूल पछ्याउँदै कहाँ पुगेनन् ? दरबारमार्ग, सुन्धारा, रत्नपार्क, पाटनका विभिन्न क्षेत्रमा फुलेका ज्याकरान्डाले धुँवा र धूलोले लतपतिएको सहरलाई अहिले आकर्षक बनाएका छन् ।
थोरै सही, राहत दिएका छन् यी ज्याकरान्डाका फूलहरूले अहिले काठमाडौंका बासिन्दालाई ।