धरानका पत्रकार गोपाल देवानमाथि अज्ञात समुहले आज बेलुका साढे सात तिर गोली प्रहार गरेको छ।
धरान १२ चतरालाइनस्थित विस्वस्तशुत्र साप्ताहिकको कार्यलयमा काम गरिरहेको अवस्थfमा देवानलाई मोटरसाइकलमा आएका दुइ व्यक्ति मध्ये मुखमा माक्स र जम्फर ज्याकेट लगाएका होचो कदका एक व्यक्तिले आफू ल्यापटपमा काम गरिरहेको अवस्थामा सडक पारीबाट गोलि हानेको बताएका छन्।
देवानलाई गोली नलागे पछि स्थानियवासीको होहल्लाका कारणले आक्रमणकारीहरु नम्वर पिलेट छोपीएको बाइकमा दक्षिण तीर भागेको बताइएको छ।
धरान प्रहरी प्रमुख टेक बहादुर तामाङका अनुसार आवाज आएर नै पट्केको स्थानीय वासी र निज देवानको दावि रहेको हुनाले ब्ल्याङ्क फाएर भएको हुनसक्ने तर असली गोली भने नभएको बताए।
उनका अनुसार असली गोली हानिएको भए गोलीको खोका भेटिनु पर्ने तर नभेटिएको र गोलीले निज देवानको कार्यलयको भित्ता भत्केको हुनुपर्ने तर नभत्केकोले तर्साउने नियतले मात्र गोली चलाइएको हुनुपर्छ।
डिएसपी तामाङले यस्ता गतिविधिले चुनावलाई समेत असर पार्ने हुनाले चांडो भन्दा चांडो दोषिलाई खोजि गरिने समेत बताए।
देवान विश्वस्तसुत्र साप्तिाहित धरानका सम्पादक तथा ब्लाष्ट टाइम्स दैनिकमा आवद्ध भएका पत्रकार समेत हुन।