केरुङ–२ पतालेस्थित एनसेलको टावरले काम नगरी नेटवर्क नदिएको भन्दै स्थानीयबासीले बिहीबार टावरमा तोडफोड गरेका छन् ।
तोडफोडबाट लुम्बिनी ईन्टरनेटको डिभाईस (छाता) २ थान, एआइसी केवल नेटको डिभाईस १ थान, केवल तार र अर्थिङ तारसमेत क्षति भएको छ ।
तोडफोड गर्ने ब्यक्तिहरुको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।