प्रहरीले बिजौरी ९ छिल्लीकोट बस्ने ३३ वर्षीय ओमप्रकाश पुनलाई ४० थान विष्फोटक पदार्थ डेटोनेटरसहित पक्राउ गरेको छ।
पुनले घरमा अवैध विष्फोटक पदार्थ लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा ४० थान डेटोनेटर बरामद गरेको एसपी सिंहले बताए ।
उक्त डेटोनेटर तत्कालिन माओवादीले छोडेर गएको र माछा मार्न राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी सिंहले बताए। यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै चारै जनालाई प्रहरीले मंगलबार एकै साथ सार्वजनिक गरेको हो।