रक्सी बनाउने र खानेलाई विभिन्न ठाउँअनुसार विभिन्न कारवाही गरिएको सुन्न पाइन्छ। यस्तै रमाइलो कारवाही हुन्छ भारतको छत्तीसगढमा।
समाचारमाध्यमकाअनुसार भारतको छत्तीसगढमा रक्सी बनाउने वा खानेले नरिवल दिएर जरिवाना भुक्तान गर्नुपर्छ। छत्तीसगढको कोरबा जिल्लाको पन्चायतले यो नियम बनाएको हो।
गाउँका शरपन्च शनिचरण सिँहका अनुसार त्यहाँ चामलबाट बनेको रक्सी प्रचलित छ। मानिसहरु बिहानैदेखि रक्सी खान थाल्छन्। यतिमात्र नभएर बच्चा तथा युवकसमेत रक्स्याहा भइसकेको उनको भनाइ छ। गाउँमा बत्ती तथा मनोरन्जनका साधनको अभावमा मानिस रक्सीमै भुल्ने सिँहको भनाइ छ।
रक्सीको समस्या समाधान गर्न निकै कठीन भएको उनी बताउँछन्। पहिलोपटकको जरिवानास्वरुप नरिवल दिने र दोहोर्याएमा प्रहरीमा उजुरी दिने नियम रहेको बताइएको छ।