पत्रकार कमला थापाको प्रसुतिक्रममा महाराजगन्जस्थित टिचिङ अस्पतालमा भएको ‘लापरबाही’ले बच्चाको निधन भएको घटनामा उक्त अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले क्षमा मागेका छन्। उनको शिशुको अकल्पनीय र आकस्मिक निधनपछि कमलाले सेतोपाटीमा आफ्नो हाल र टिचिङ अस्पतालको ‘लापरबाही’ चित्रण गर्दै ब्लग लेखेकी थिइन्।
सेतोपाटीमा प्रकाशित भएको उक्त ब्लग केही दिनमै १ लाख ६० हजारभन्दा बढीले पढेका छन्।
उक्त ब्लग प्रकाशित भएपछि भगवानले कोइरालाले आफ्नो फेसबुक पेजमार्फत कमला थापासँग क्षमा माग्दै सम्बन्धित केसमा के भएको भन्नेबारे आफूले अस्पतालमा बुझ्ने जानकारी दिएका छन्। उनले अस्पतालमा आफूले बुझेपछि उक्त घटनाको वास्तविकता पीडित कमला थापालाई जानकारी गराउनेसमेत उल्लेख गरेका छन्।
उनले अंग्रेजीमा फेसबुकमार्फत मागेको क्षमाको पूर्णपाठः
म यो घटना सुनेर अत्यन्त दुखित छु। घटनालगत्तै मलाई वा मेरा ‘डेपुटी’लाई यसबारे जानकारी गराउनुभएको भए त्यो सराहनीय हुने थियो।
दुर्भाग्यवश, यो घटनाबारे म तपाईंलाई अहिल्यै केही भन्न सक्दिन तर के भएको हो म निश्चय नै हेर्नेछु।
इमान्दारीपूर्वक मसँग तपाईंलाई सहानुभूति दिने अहिले केही छैन। तर यो घटनाबारे बुझेपछि तपाईंलाई जानकारी गराउनेछु।
सरी,
भगवान कोइराला