घरको विद्युत जडान गरी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकको मृत्यु भएको छ भने थप दुई घाईते भएका छन्।
बिहीबार दिउँसो डुरुवाको सिंचाई कूलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा विजौरी ७ खोलीगाउँ निवासी ४१ वर्षीय बाधु चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सञ्तोष रोकाले जानकारी दिए।
प्रहरी निरीक्षक रोकाका अनुसार करेण्ट लागेर थप दुईजना घाईते भएका छन्। खोलीगाउँकै १७ वर्षीय गलुवा र ३१ बर्षीय प्रेमलाल चौधरी करेन्ट लागेर घाईते भएको प्रहरीले जनाएको छ।
उनीहरु दुवैको राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको र अवस्था खतरा मुक्त रहेको प्रहरीले बताएको छ।