म्यान्मारमा बुधबार दिउँसो गएको शक्तिशाली भूकम्पमा परी एक जनाको मृत्यु भएको छ। भूकम्पका कारण भवन ढल्दा २२ वर्षीय युवकको मृत्यु भएको बताइएको छ।
उक्त भूकम्प थाइल्याण्ड, भारत, बंगलादेशमा समेत महसुस गरिएको थियो। बंगलादेशमा कम्तीमा २० जना घाइते भएको स्थानीय समाचारमाध्यमले जनाएका छन्।
भूकम्पले म्यानमार बगानस्थित कम्तिमा ६६ वटा स्तुपा भत्किएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्। ती स्तुपाहरु १० र १४ औँ शताब्दीमा निर्माण भएका बताइएको छ।
दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भूगर्व केन्द्रको मापन अनुसार ६।८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म आइपुगेको थियो।
१२ घन्टाको अन्तरमा म्यानमारमा महसुस गरिएको ६ रेक्टर स्केलभन्दा बढी क्षमताको यो दोस्रो भूकम्प हो।
भूकम्पको इपिसेन्टर भारतीय सीमाभन्दा ५०० किमी पर म्यानमारमा भएको बताइएको छ। करिब १० सेकेण्डसम्म आएको भूकम्पले कोलकोत्ता र गुहाटीका स्थानीय घर छोडेर बाहिर निस्किएका थिए।