गत दुई दिनदेखि गएको लगातार गएको पहिराले उक्त गाविसका ५५ भन्दा बढी घरधुरी विस्थापित बनेका छन्। दर्लिङ गाविस– ३, दुनाम नजिकै रहेको कसिलाबजस्थित दलित बस्तीका पाँच घर पहिराले बगाएको हो।
पहिराका कारण भिरालो स्थानमा रहेको उक्त दलित बस्तीका ३५ घर समेत उच्च जोखिममा परेको बताइएको छ। पहिराले विस्थापित स्थानीयवासीले गोठ, आफन्त तथा छिमेकीका घरमा आश्रय लिइरहेका छन्।
उक्त गाविसका अधिकांश घरको भित्रबाट पानी निस्कने, चर्कने र घरै बाङ्गो भएका कारण मानिसहरु विस्थापित भएको दर्लिङ गाविस सचिव गोपाल सेनले बताउनुभयो। अहिले पनि उक्त स्थानमा पानी परेको हुँदा पहिराको उच्च जोखिम कायमै रहेको बताइएको छ।
उक्त गाविस सदरमुकाम तम्घासबाट ५० किमी टाढा अत्यन्तै दुर्गममा रहेका कारण उनीहरुलाई तत्काल राहत सामग्री पु¥याउन समस्या परेको बताइएको छ। रासस