पश्चिमी भारतीय सहर पुणेमा शुक्रबार एक भवन भत्किएर भएको दुर्घटनामा परी कम्तीमा नौ व्यक्ति मारिएको आशङ्का गरिएको छ।
निमार्णधीन अवस्थामा रहेको सो भवन भत्किदाँ नौ व्यक्ति मारिएको आशङ्का भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। मुम्बई सहरबाट १६० किलोमिटर टाढा रहको सो इलाकामा निमार्णधीन अवस्थाको १३ तले भवन शुक्रबार बिहान अचानक भत्किएको थियो।
उक्त भवनमा निमार्णको काम कार्यरत नौ जना श्रमिकको सो दुर्घटनामा मृत्यु भएको आशङ्का गरिएको छ। यस भत्किएको भवन भग्नावशेषमा उद्धारकार्य जारी रहेको तर ती श्रमिकहरुको बाँच्ने आशा भने कम मात्र भएको प्रहरी स्रोतले अनुमान गरेको छ।
स्थानीय टेलिभिजन च्यानलका अनुसार सो भवनमा कार्यरत कामदारहरुले सुरक्षाका लागि अपनाइने सामान हेल्मेटलगायत चिजहरु नलगाएको हुनाले उनीहरु बाँच्न कम मात्र सम्भावना रहेको छ। रासस/सिन्ह्वा