वीरगन्जका उद्योगपति तथा व्यापारीलाई फोनबाट धम्की दिँदै रकम माग गर्ने एक युवक पक्राउ परेका छन्।
फोनबाट धम्की दिँदै २० लाख माग गरेको अभियोगमा प्रहरीले पर्साको हरिहरपुर गाविस–३ निवासी सुरेश रामलाई प्रहरीले पक्राउ गरेको हो ।
मोबाइल नम्बर ९८२११४३३१५ बाट वीरगन्जका व्यपारीलाई धम्की दिई रकम मागेका उनलाई फोन ट्र्याकिङ गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवन्द्र बोगटीले जानकारी दिए।
रामलाई अपरहण मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धानलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस