दहमा डुवेर झापामा एक जनाको मृत्यु भएको छ।
गोलधाप–९ कालिवहादुर लिम्बुको पानीको दहमा डुवेर मृत्यु भएको हो। लिम्बु घर नजिकैको दहमा लिम्बु डुवेका थिए।
स्थानीयले डुवेको देखेर उद्धार गरे लगतै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।
खोलाले बगाउँदा दुईजना बेपत्ता
खोलाले बगाउँदा दुईना वेपत्ता भएका छन्। गौरादह–५ का टेकेन्द्र खड्कालाई स्थानीय गेउरिया खोलाको बाढीले बगाएर बेपत्ता भएका छन्।
आइतवार दिउँसो खोला तर्ने क्रममा गेउरिया खोलाले खड्कालाई बेपक्ता बनाएको प्रहरीले जनाएको हो।
यसैगरी कन्काई नदीमा आएको बाढीमा दाउरा समात्न नदीमा पसेका कुमरखोद–१९ का डि मर्डी पनि बेपत्ता भएका छन्। बेपत्ता दुवैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।