झापामा एक बालिकाको घाँटी रेटेर हत्या भएको छ। शान्तिनगर–१ घर भएकी ११ वर्षीया तनुजा कोइरालाको मंगलबार राति घाँटी रेटेर हत्या भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
पाँच दिनअघि शान्तिनगरबाट बुधबारे–५ का डिल्ली प्रसाईंको घर मामली गएकी तनुजाको घरको मुल ढोकामा हत्या भएको अवस्थामा शव फेला परेको थियो। बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।
शवको पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। यसैबिच, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले घटनामा शंकास्पद भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ। अन्य तीन जनालाई प्रहरीले निगरानीमा राखेको पनि अधिकारीले बताएका छन्।