स्याङजाको तीनदोबाटे गाविसस्थित बायँटारी बजार नजिकै आँधीखोलाको किनारमा एक बेवारिसे पुरुषको शव फेला परेको छ।
वडा प्रहरी कार्यालय, वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार बाँयटारी बजार नजिकको पक्की पुलभन्दा करिव ५०० मिटर माथि आँधीखोलामा ढुङ्गाको कप्चेरामा अड्किएको अवस्थामा शव फेला परेको हो।
झन्डै १५÷२० दिनअघि खोलामा बगेर शव यस ठाउँमा अड्किएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
चिन्न नसकिने र दुर्गन्धित अवस्थामा रहेको उक्त शवको परीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइने प्रहरी निरीक्षक बरालले बताए। रासस