चितवनको नारायणगढको कलश होटलमा एक युवती मृत फेला परेकी छिन्।
भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गएराति १० बजेतिर युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। होटलमा सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको प्रहरीले जनाएको छ।
युवतीको हत्या गरी युवक फरार भएको प्रहरीको अाशंका छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।