सप्तरीमा खाल्डोमा डुबेको अवस्थामा एक बालिको शव फेला परेको छ।
रामपुरा मलहनिया–९ की रामसेवक यादवकी १० वर्षीया छोरी किरणकुमारी यादव मृत फेला परेको प्रहरीले जनाएको छ।
मृतक बालिका खेल्दाखेल्दै घरदेखि पर रहेको खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस