मोरङको भातिगछ–६ स्थित जुडी खोलाले बगाएर शनिबार एक युवक बेपत्ता भएका छन्।
अपराह्न बाहिरियामा रहेको जुडी खोलामा बाँसको पुल तर्ने क्रममा झरेर सोही ठाउँका २५ वर्षीय दिलीप राजभर बेपत्ता भएका हुन्। बेपत्ता युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। रासस