काठमाडौंको बागबजारस्थित पुरानो बसपार्क नजिकै एक युवतीमाथि छुरा प्रहार भएको छ।
बिहान करिब ९ दोलखा लापिङ घर भै बागबजार नै बस्दै आएकी २१ वर्षीया सुष्मा थामीमाथि उनकै श्रीमानले छुरा प्रहार गरेको प्रहरीले बताएको छ ।
आपसी विवादमा श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। झलकबहादुर थापा (२५) ले श्रीमती शुष्मा थामी थापा (२१)लाई ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बागबजारमा ज्यामी काम गर्ने उनीहरुबीच घरायसी विवाद हुँदा श्रीमान झलकले श्रीमती शुष्मालाई पछाडिबाट छुरा प्रहार गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
छुरा प्रहारबाट शुष्माको ढाडमा दुई इन्च गहिरो चोट लागेको छ। छुरा प्रहार गर्ने वित्तिकै झलकलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। घाइते शुष्माको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। उनी अहिले बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी बताएको छ ।
सुष्मासँग करिब २ वर्ष अगाडि आफ्नो विवाह भएको र घरायसी विवादका कारण केही महिनादेखि आफूहरु छुट्टाछुटै बस्दै आएको थापाले प्रहरीलाई बयान दिएका छन्।