बाबुको कुटाइबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–२० निवासी एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जीत रामको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कविर प्रधानले जानकारी दिए।
गत जेठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले सञ्जीतसँगै उनका दाजु रञ्जीतलाई कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते सञ्जीतको मृत्यु भएको छ भन्ने उनका दाजुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरी निरीक्षक प्रधानले बताए। रासस