आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ।
काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ देखि २२ वर्षका युवतीको उद्धार गरिएको हो।
‘युवतीहरुले सोधपुछका क्रममा नयाँ दिल्ली हुँदै इराक जान लागेको बताएपछि उद्धार गरेका छौँ,’ माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले भनिन्।
उद्धार गरिएका युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ। रासस