ग्यासमा बढी मूल्य लिई कालोबजारी गर्ने पोखरा–१७ महतगौडास्थित महतगौडा सप्लायर्सका सञ्चालक ठमराज भण्डारीलाई पक्राउ गरेको छ।
गृहलक्ष्मी ग्यासको सिलिन्डरसहितको भरी ग्यासलाई चार हजार २ सय रुपैयाँमा बिक्री वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले भण्डारीलार्इ पक्राउ गरेको हो।
सादा पोसाकका प्रहरी ग्राहक बनी ग्यास खरिद गर्न लाग्दासमेत भण्डारीले त्यतिनै मूल्य लिई बिक्री गरेको अवस्थामा २६ वटा भरी सिलिन्डरसहित पक्राउ गरेर आइतबारै जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालोबजारी तथा केही सामाजिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गजुरसिद्धि बज्राचार्यले जानकारी दिए। रासस