दार्जिलिङका गाउँबस्ती, पाखापखेरा चहार्दै नेपालीभाषीलाई गीत–संगीतको मालामा उनेका अम्बर गुरुङ जब नेपाल आए, नेपालकै भए। राष्ट्रिय गीत मात्र होइन, उनका कालजयी गीतहरू नेपालको संगीत आकाशमा सदापर्यन्त चम्किरहनेछन्। अम्बर गुरुङको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सेतोपाटी टिमले उनको जीवन र संगीत यात्रासँग जोडिएका विशेष सम्झना सामग्री प्रकाशित गरेको छ।
-शान्ति ठटाल
हामी अधिकारप्रति सचेत थियौं, कहिले गुड्दै त कहिले पैदलै हिँड्दै कमान र बस्ती पुग्थ्यौं। कहिले पेटभरी खान्थ्यौैं, कहिले खाली पेट गाउँथ्यौं। खाउँखाउँ र लाउँलाउँको उमेर भए पनि थिचोमिचोमा परेका नेपालीको शिर उँचो बनाउन प्रेरणा जगाउने गीत सुनाउँदै नृत्यमार्फत मनोरञ्जन दिन पाउँदा भोक बिर्सिइन्थ्यो, आफसे–आफ उर्जा मिल्थ्यो। विस्तृतमा
- रोहित खतिवडा
गायन, संगीत र गीत रचनाका विलक्षण प्रतिभा गुरुङलाई उनका चेला पिटर जे कार्थक ‘माइस्ट्रो’ भन्न रुचाउँछन्। उनका अनुसार यो शब्दमा संगीतज्ञलाई गरिने सबैभन्दा बढी आदरको भाव हुन्छ, जुन शब्दले संगीतका महागुरु वा महर्षी भन्ने भाव बोक्छ। विस्तृतमा
-सत्यमोहन जोशी
मलाई उनले संगीत भरेकामध्ये अरुणा लामाले गाएको ‘पोहोर साल खुशी फाट्यो’ गीत सबैभन्दा मन पर्थ्यो। त्यस्तै एउटा गीत अम्बरले गरिदिउन् भन्ने मेरो भित्री चाहना थियो। नढाँटी भन्दा यो चाहना मलाई अम्बरसँग मात्र भयो, अरुसँग भएन। विस्तृतमा
-रञ्जित गजमेर
एक रात त्यही कोठामा बसेर अगम दाइको ‘नौ लाख तारा’ गीत अम्बर दाइले कम्पोज गर्नुभएको थियो। त्यसमा मैले तबला बजाएको थिएँ। त्यो गीत धेरै राम्रो बन्यो। दाइले पनि राम्रो गाउनुभयो। अम्बर दाइले त्यो कालजयी गीत कम्पोज गर्नुभएको हिजैजस्तो लाग्छ। विस्तृतमा
नेपाली चेम्बर अर्केस्ट्रा बनाउने अम्बर गुरुङको पुरानै चाहना थियो। नयाँ राष्ट्रिय गानसँगै उनी यो सपना पूरा गर्न चाहन्थे। तत्कालीन मन्त्री प्रदीप ज्ञवालीसँग उनले यो सपना सुनाएका थिए, ‘यो राष्ट्रिय गानको सुरुआत एउटा नेपाली अर्केस्ट्रा बनाएर गर्न पाए हुने भन्ने मेरो चाहना छ।’ विस्तृतमा
-अम्बर गुरूङ
संघर्षका दिनमा अथवा आफूले दुःख पाइरहेको बेलामा मलाई पनि यदाकदा नकारात्मक विचारहरू नआएका होइनन्, तर मैले त्यस्ता विचारलाई प्रश्रय दिँदै दिइनँ। किनभने ‘केही गरेर मात्र मर्छु’ भन्ने एउटा दृढसंकल्प मभित्र थियो।
...
जीवनरुपी सिँढी जतिसुकै लामो र उकालो भए पनि, सकारात्मक चिन्तन र विचार बोकेर हिँड्नेले सहजै उक्लिन, पार गर्न सक्छ, किनभने त्यसनिम्ति चाहिने ऊर्जा सकारात्मक विचारबाट निरन्तर निःसृत भइरहेको हुन्छ। यो मेरो भोगाइजन्य अनुभव मात्र नभई जीवन–विश्वास पनि हो। विस्तृतमा
-समुन्द्र राज घिमिरे
अम्बर गुरुङले ‘स्वराञ्जली’ एल्बममा लेखेका छन्, ‘भोकलिज्म वा गायन प्रविधि पाश्चात्य संगीत प्रणालीमा भएजस्तो स्वर विभाजन नेपालमा नभएकाले सीमित साधनभित्र कुच्चिएर संगीत रचना गर्न अप्ठ्यारो र महिनौं अभ्यास गर्नुपर्छ। यद्यपि नेपाली संगीतमा महाकाव्य लेखिन बाँकी नै छ। यति गर्न पनि हामीले कठिनाई सामना गर्नुपर्यो।’ विस्तृतमा
- रघु पन्त
संगीतकारपछि मलाई अम्बर गुरुङ आफ्नो अनुभूतिलाई मिठो तरिकाले व्यक्त गर्न समर्थ गीतकार लाग्छन्। उनका गीतहरूले प्रेम, पीडा, विछोड र दुःखहरूका साथै देश र मान्छेको कथा–व्यथा बोल्छन् र मान्छेलाई अभिभूत बनाउँछन्। स्रोतालाई अभिभूत बनाउने र बाँध्ने क्षमता भएन भने न गीत जम्छ न त संगीत। विस्तृतमा
-आभास
नेपाल आइसकेपछि रेडियो नेपालमा गरेका काम, अझ विशेषगरी नारायण गोपालसँगका संगीत उम्दा छन्। त्यसपछि उहाँको अल्बमै ‘कहिले लहर कहिले तरंग’ आयो। अम्बर गुरुङलाई बुझ्न त्यसका कम्पोजिसन मात्र हेरे पनि पुग्छ। गीतिनाटक ‘मालती–मंगले’ मा गरेका कामले अर्को उचाइँ देखाउँछ। त्यसलाई त लोक रंगमा उहाँको मास्टरपिस भने पनि हुन्छ। राष्ट्रकवि माधव घिमिरेको काव्यचेत र उहाँको साँगीतिक चेतको त्यसमा गजब समागम भएको छ। त्यसैले उहाँको मूल्यांकन कुनै कालखण्ड वा रचनाविशेषले भन्दा समग्र उहाँले गरेका सिर्जनाहरूको आधारमा हुन्छ। विस्तृतमा
- शोभा शर्मा
अम्बर गुरुङले त मालती–मंगलेका सबै गीत आफूले गाउन चाहेका थिए। पछि नारायण गोपालले गाउने भनियो। सुरुमा अम्बरले नै गाउने कुरा त भएको थियो, तर प्रतिष्ठानका कुलपति लैनसिंह बाङ्देलले ‘सिंगर प्रतिष्ठानकै कर्मचारी हुनुहुन्न’ भनेपछि माधव घिमिरे नारायणगोपाललाई मनाउन गएका थिए। विस्तृतमा
वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ। संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको हो। खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो। विस्तृतमा