मोरङको मधुमल्लास्थित बक्राहा खोलाको किनारमा एक युवक मृत भेटिएका छन्।
शनिवार बिहान मधुमल्ला–४ स्थित बक्राहा खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा युवकको शव फेला परेको लाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदु खड्काले जानकारी दिए।
अन्दाजी २०÷२१ वर्षका युवकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।