हँसिया प्रहारबाट डोटीमा एक युवकको हत्या गरिएको छ।
डोटीको महादेवस्थान–८ बस्ने २२ वर्षीय रणबहादुर रोकायाको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
गाउँमा सामान्य विवाद भएपछि सोही ठाउँ निवासी ३२ वर्षीय भीमबहादुर रोकायाले रणबहादुरमाथि हँसिया प्रहार गर्दा उनको मृत्यु भएको हो।
हँसिया प्रहारबाट घाइते भएका रणबहादुरलाई उपचारका निम्ति कोहलपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्यारा भीमलाई गाउँलेले छोपी प्रहरीलाई बुझाएका थिए। मृतकको लास जिल्ला अस्पताल डोटीमा शवपरीक्षणका निम्ति राखिएको छ। रासस