मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले शनिबार चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।
चोरी भएको पल्सर मोटरसाइकलसहित मोरङ डाँगीहाट गाविस वडा नम्बर ९ बस्ने सुरज चौधरी र सुरज चौधरीलाई पक्राउ गरेको हो।
माघ २२ गते इहटरीस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडिबाट हराएको को.२२प. ५२२ नम्बरको पल्सर मोटरसाइकल चोरीमा संलग्न उनीहरुलाई सिसी क्यामेराको फुटेजका आधारमा उनीहरुकै घरबाट शनिबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए।
उनीहरुले सो मोटरसाइकलमा को.२१प. ७०१८ नम्बरको जाली नम्बर प्लेट टाँसेर चलाउँदै आएका थिए। दुबैसँग थप आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।