ब्राजिलमा महिलाको सुरक्षा माग गर्दै गरेको प्रदर्शन। तस्बिरः एपि
ब्राजिल प्रहरीले १६ वर्षे युवतीको सामुहिक बलात्कार गरेको आरोपमा ३० जना भन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार रियो द जेनेरियो ती १६ वर्षे युवतीलाई आफ्नो केटा साथीको घर जाँदै गर्दा हतियारधारी समूहले बलात्कार गरेका थिए। र केहीले त्यतिबेलाको तस्बिर र ४० सेकेण्डको भिडियो समेत खिचेर सामाजिक सञ्जाल ट्वीटरमा राखेका थिए। पक्राउ पुर्जी जारी हुनेमा उनका केटा साथी पनि रहेका छन्। स्थानीय प्रहरीले घटनाको सत्यतथ्य सबै बाहिर आइनसकेको बताएको छ।
ती किशोरमाथि शनिबार सामुहिक बलात्कार भएको थियो। उनी आइतबारमात्रै होसमा आएकी थिइन्। घर फर्केको अर्कोदिन उनले आफूलाई बलात्कार गर्नेले भिडियो ट्वीटरमा राखेको थाहा पाएकी थिइन्।
घटना सार्वजनिक भएपछि अधिकारकर्मीले पुरुषद्वार महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रदर्शन गरिरहेका छन्।