ब्यापारी सुरेश केडिया आज साँझ अपरहणमा परेका छन्।
बाराको गढिमाई मन्दिर नजिकरहेको पसाहा पुलबाट उनी अपहरणमा परेको प्रहरी निरीक्षक शशिकुमार ठाकुरले जानकारी दिए।
केडियाका चालक उमेश प्रसाद साहलाई अपहरणकारीले गोली हानेर उनलाई गाडीबाट निकालेर स्कार्पियोमा हालेका थिए। साहको कन्चनमा गोली लागेको छ। उनको अवस्था चिन्ताजनक छ । नारायणी उपक्षेत्रिय अस्पतालमा उनको उपचार भइरहेको छ ।