थाईल्याण्डको राजधानी बैंककमा एक जना व्यक्तिलाई ट्वाइलेटको कमोडमा रहेको अजिंगरले टोकेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चार मिटर लामो अजिंगरले अथापोर्न बूनमाकचुए नाम गरेको व्यक्तिलाई टोकेको हो। ट्वाइलेट गरिरहेका उनलाई कमोडमा भित्र रहेको अजिंगरले टोकेपछि चिच्याएका थिए।
अजिंगरको टोकाइले उनको खुन ट्वाइलेट भरी भएको समाचारमा जनाइएको छ। ३८ वर्षीय ती युवाले ज्यानको बाजी राखेर अजिंगरको टाउको डोरीले बाँधेका थिए। त्यसपछि उनकी श्रीमतीको सहयोगमा उनी अजिंगरबाट छुटेका थिए।
उनलाई तत्कालै अस्पताल भर्ना गरिएकाले उनको ज्यान बाँचेको समाचारमा जनाइएको छ। त्यसपछि प्रहरीलाई खबर गरेको अजिंगरलाई नियन्त्रणमा लिइएको थियो।
हेर्नुहोस् भिडियो