फाइल तस्बिरः एन्फा
उपचारका क्रममा बेल्जियममा रहेका फुटबलर बिमल घर्तिमगर शुक्रबार नेपाल आउने भएका छन्। बहिनीको मृत्यूको खबर पाएपछि उनी भोलि बिहान साँढे नौ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटवल संघ (एन्फा) ले जानकारी दिएको छ। बायाँ खुट्टाको लिगामेन्टको उपचारका लागि बिमल गत वैशाख २९ गते बेल्जियम गएका थिए।
गएराति राति शंकास्पद तरिकाले मृत्यु भएकी उनकी बहिनी मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइँदैछ।