गौबध मुद्दाको अनुसन्धानको सिलसिलामा २०७२ साल असोज २६ गते प्रहरीलाई समेत झुक्याएर भागेका सिन्धुपाल्चोक जिल्लाको इचोक–६ बस्ने ३६ वर्षीय पुरुष चरी तामाङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानका लागि ल्याउँदै गर्दा प्रहरीलाईसमेत झुक्याई तामाङ हतकडीसहित भिरबाट भागेका थिए । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीले निज अभियुक्तलाई घरबाट पक्राउ गरेको र म्याद थपका लागि चौतारा लगिने प्रहरी निरीक्षक निरज डाँगीले बताए ।
अभियुक्तलाई पक्राउ गरेको र हतकडीसमेत प्रहरीले तामाङको घरमा नै फेला पारेको थियो । रासस