ललितपुरको कुसुन्तीबाट हराएका इन्जिनियर नवराज श्रेष्ठको शव चितवनको मुग्लिनमा भेटिएको छ।
त्रिशुली नदीमा बग्दै आएको अवस्थामा उनको शव ५ किलो भन्ने स्थानमा भेटिएको हो।
चारदिन अघि मनिङ वाकमा निस्केका उनी हराइरहेका थिए। नेपाल हाइड्रोपावर कम्पनीका इन्जिनियर श्रेष्ठको हत्या भएको वा अन्य भवितब्यबाट ज्यान गएको भन्ने विषयमा पोष्र्टमार्टम नगरि केही भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ।