तुलसीपुर १९ कटहाँमा वैशाख १५ गते सामुहिक वलात्कारमा परेकी किशोरी र उनका आफन्तले दोषिको पहिचान गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन्।
तुलसीपुरमा पीडित परिवारजनले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले गम्भीर प्रकृतिको घटनालाई सामान्यकरण गर्न खोजेको गुनासो गरेका छन्। उनीहरूले न्याय दिलाउन सहयोगका लागि अधिकारकर्मी र पत्रकारहरुलाई आग्रह पनि गरेका छन्।
पीडित परिवारले तुलसीपुर नगपालिका १३ ठुटी गाउँ निवासी २७ वर्षीय खुमबहादुर वलीकाबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको बताए। घटना घटेको ९ दिनपछि पीडित किशोरीका बाबु भारतवाट आएपछि प्रहरीमा किटानी जाहेरीसहित मुद्दा दर्ता गराएका हुन्।
पीडित किशोरी
वैशाख १५ गते रातिको १० वजेतिर तुलसीपुर नगरपालिका वडा नं. १३ निवासी खुमवहादुर वलीले बालात्कृत किशोरीलाई फोन गरे। तर फोनमा केही अस्लिल शब्द बोल्न थालेपछि उनले फोन काटे।
उनीहरू सीमाना जुधेका गाउँले हुन। एक अर्कालाई राम्रोसँग चिन्थे। तर त्यसको आधा घन्टाको अन्तरालमा ती किशोरीको घरको ढोका हान्न थाले। घरमा साना भाई बहिनी मात्रै थिए। पछि ‘म खुमबहादुर वली हुँ, निकै प्यास लागेको छ , पानी देउ भनेपछि पानी दिन ढोका खोलेकी हुँ,’ पत्रकार सम्मेलनमा उनले भक्कानिदै भनिन्, ‘तर वलीसहित मुखमा मास्क लगाएका केही व्यक्तिहरूले उनलाई हातखुट्टा समातेर लडाए। मुखमा बुझो लगाए। कराउन पनि दिएनन्। अनि म माथि बालात्कार भयो।’
ती यौन पिचासुले किशोरीलाई त्यतिमै छोडेनन्। सामूहीक करणीपछि धारीलो हतियारले उनको गुप्ताङ चिर्न थाले। ‘खुकुरी हो की व्लेट हो मैले थाहाँ पाईनँ,’ ती किशोरीले पिडा पोखीन् ‘पछि मरी भनेर छोडेर भागेहोला सायद।’
म पीडा सहन गर्न नसकी कराएँ, चिच्चाएँ, गुहार मागेँ। त्यसपछि म बेहोस भएछु। मलाई गाउँलेले एम्वुलेन्समा हालेर राप्ती अञ्चल अस्पताल पुर्याएछन्। मेरो होस १६ गते बिहान १० बजेपछि मात्रै आयो,’ उनले भनिन्।
‘फेरि मलाई चिकित्सकले बेहासे पारे। बलात्कारीले धारीलो हतियारले मेरो गुप्ताङ काटेकोले १२ टाँका लगाउनु परेको डाक्टरहरूले बताए, उनले आँशु पुच्छै भनिन्, ‘मेरो ज्यानै लिने उदेश्यले योजनावद्ध तरिकाले म माथि बालात्कार पछि योनी चिरियो जस्तो मलाई लाग्छ।’
पानी माग्ने आएका गाउँले खुमवहादुर वलीसहितका सामूहीक बलात्कारमा सम्लग्न सबैलाई पहिचान गरी कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्ने उनले बताइन्।
‘यौन पिपासु सबैलाई कानुनी दायरामा ल्याउन सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु,’ पीडित किशोरीले भनिन्।
उनका परिवारजनले उनीमाथि भएको अत्याचारविरुद्ध आवाज उठाएर सहयोग गर्न आग्रह गरेका छन्।
पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपाल पार्टीका वामदेव भुसाल,दलित संघका खेम विक, चूर्ण सुनार, वादी महिला नेतृ मिना नेपाली वादी लगायतले सामुहिक वलात्कारका दोषि पत्ता लगाई कानुनी कारबाहीको माग गरेका थिए।