झापाको लखनपुर–४ स्थित दहीचौकमा भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरादह–२ का २८ वर्षीय किरण केसी रहेका छन् । मे ७ पे ३६२७ नम्बरको मोटरसाइकलमा सवार केसी लखनपुरको दहीचौकस्थित सडकखण्डमा अनियन्त्रित भएर कल्भर्टमा खसेका थिए।
उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदा हिजो राति नै बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मृतकको शव परीक्षणका लागि मेची अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस