खानेपानीको ट्याङ्करले ठक्कर दिँदा गोकर्णेश्वर नगरपालिका–१४ दक्षिणढोकामा एक शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ।
गोठाटारस्थित बाल राष्ट्रिय निमाविमा अध्यापन गराएर श्रीमान् गोपाल खनालले चलाएको बा ३८ प ६०८७ नम्बरको स्कुटीको पछाडि बसेर घर जाँदै गर्दा ना ४ ख १००६ नम्बरको ट्याङ्करले ठक्कर दिँदा ३७ वर्षीया विमला खनालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।
ट्याङ्कर र चालक श्यामबहादुर तामाङलाई वृत्त बौद्धमा राखिएको प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले राससलाई जानकारी दिए। दक्षिणढोकामा खानेपानीका धेरै कारखाना भएकाले पानी लिन आउने ट्याङ्करले ठक्करबाट दुर्घटना हुने गरेको छ। ट्याङ्कर चालकको लापर्बाहीकाविरुद्ध स्थानीयवासीले विरोध जनाउँदै केही समय यातायात अवरुद्ध गरेका थिए। रासस