कालिकोट केन्द्रबिन्दु बनाएर बुधबार नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका बुधबार अनुसार साँझ ४ म्याग्नेच्युडको भूकम्प गएको हो। चार दिन अघि बझाङमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो। केन्द्र प्रमुख लोकविजय अधिकारीले वैशाख १२ गतेको भूकम्पपछि परकम्प आउने क्रम कम भएपनि नयाँ भूकम्प आउन थालेको बताए।