ललितपुर को लुभुस्थित शुभ एण्ड गणेश स्टोरबाट २९ वटा भरि ग्यास सिलिण्डर बरामद गरिएको छ।
बाणिज्य तथा आपूर्ति व्यवस्था विभागको बजार अजुमगन टोली र प्रहरीले संयुक्त रुपमा छापा मार्दा तारा ग्यासका २९ वटा सिलिण्डर बरामद गरिएको सातदोबाटो प्रहरी वृत्तका प्रहरी निरीक्षक श्यामल सुब्बाले जानकारी दिए।
साथै सातदोबाटो प्रहरीले इमाडोल ५ स्थित रामशरण कार्कीको घरमा जुवा खेलिरहेको अस्थामा छापा मारेरर ८ जना पक्राउ गरेको छ। उनीहरुको साथबाट ६० हजार रुपैयाँ बरामद भएको उनले बताए।