काठमाडौं महानगरपालिका–२२ सुन्धारा स्थित काठमाडाैँ मलमा रहेको चुस्की मःम सेन्टरमा अनलाईन जुवा खेलाउने संचालक चन्दन कुमार साह र भारत दिल्ली घर भई हाल धोबिधारा बस्ने बन्ठी गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
साहले अनलाईन जुवा खेलाउँछन भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत जनसेवाबाट सोमबार खटिएको प्रहरी टोलीले उनलाई १ थान ट्याब्लेट, १ थान सामसुङ मोबाईल, नगद २ लाख ४६ हजार रुपैयाँ र विभिन्न फाईनान्सका ४ थान चेक सहित पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा बन्ठी गुप्तासंग अनलाईन मार्फत जुवा खेल्ने र गुप्ताले विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी जुवा खेलाउने गरेको भन्ने खुल्न आएपछि प्रहरीले गुप्तालाई समेत मंगलबार सुन्धराबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।