स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली 'मिडवाइफ' हरूको दोस्रो सम्मेलन बुधबार र बिहीबार काठमाडौंमा हुने भएको छ।
अन्तराष्ट्रिय 'मिडवाइफ' दिवसको सन्दर्भ पारेर सम्मेलन आयोजना गरिएको नेपाल मिडवाफरी सोसाइटीले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य क्षेत्रमा मिडवाइफको महत्व र भूमिका बुझाउने प्रयासमा यो सम्मेलन केन्द्रीत रहने सोसाइटीकी अध्यक्ष किरण बज्राचार्यले बताइन्। नेपालमा 'मिडवाइफ' छुट्टै पेशाका रुपमा स्थापित नभइसकेको भन्दै गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यका लागि मिडवाइफ सेवा अपरिहार्य भएको बताइन्।
मिडवाइफ सेवा बिस्तार गर्न सके शिशु तथा मातृमृत्युदर घटाउन सहयोग पुग्ने उनले बताइन्।
सन् २०१०मा स्थापित सोसाइटीको पहिलो सम्मेलन सन् २०१३मा भएको थियो।